Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाडेको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका

काठमाडौं । इलाममा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ ।

जिल्लाको इलाम नगरपालिका–८ सिङफ्रिङमा खाल्डोमा गाडिएको अवस्थामा भेटिएको शव प्रहरीले उत्खनन गरेको हो ।

शव स्थानीय ३१ वर्षकी विनीता काफ्लेको पुष्टि भएको गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए । केही दिन अघिदेखि काफ्ले घरबाट हराएकी थिइन् ।

काफ्लेलाई हत्या गरेर खाल्डोमा गाडिएको हुनसक्ने आशङ्का छ । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077