Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इन्द्रावती नदीमा युवतीको शव फेला, पहिचान खुलेन

काठमाडौं । सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका–११ स्थित इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ।

करिब २५र३० वर्षको जस्तो देखिने ती युवतीको शव आइतबार फेला परेको हो। दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इन्च रहेको प्रहरीले जनाएको छ।

उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थामा फेला परेको हो।

शव फेला परेपछि प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज, दुवाकोट भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077