Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र कमल थापाबीच नेपालगञ्जमा भेटवार्ता, गठबन्धनको मोडालिटी टुंग्याउने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । उनीहरु बीच बिहीबार नेपालगञ्जमा भेटवार्ता भएको हो ।

उपाध्यक्षद्वय राजीव पराजुली र राजेन्द्र वीर राय तथा सहमहामन्त्री हिक्मत ढकालका साथमा नेपालगञ्जमा रहेका थापाको बिहीबार ओलीसँग भेट भएको हो ।

भेटमा आसन्न स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने विषयमा छलफल भएको बुझिएको छ ।

भेटमा राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्हबाटै चुनाव लड्ने विकल्पमा पनि छलफल भएको थियो।

यसै साताभित्र एमालेसँग गठबन्धनको मोडालिटी टुंग्याउने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077