Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनुषा हत्या प्रकरण : हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । धनुषा प्रहरीले हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

हंसपुर नगरपालिका ७ का १८ वर्षीय विजय महराको हत्या आरोपमा सोही वडा नौवाखोरका २० वर्षीय मनोज महरा पक्राउ परेका हुन् ।

मंगलबार राति विजयको शव गहुँ खेतबाट बरामद गरिएको थियो । उनको शरीरमा गोली लागेको र चक्कु प्रहार भएको देखेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो ।

शव भेटिएको ठाउँबाट प्रहरीले चस्मा र सर्ट बरामद गरेको छ । घटनामा संलग्न अन्य दुई जना फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077