Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • चुनावमा मासु र भात खुवाउने पार्टी नै सबैभन्दा ठूलो पार्टी भन्ने संस्कृति अझै पनि छ : लिङ्देन

    चुनावमा मासु र भात खुवाउने पार्टी नै सबैभन्दा ठूलो पार्टी भन्ने संस्कृति अझै पनि छ : लिङ्देन

    अनलाइन नेपाल
  • बुधबार, २३ चैत्र २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले चुनावमा मासु-भात खाएर भोट दिँदा जनताले दुःख पाएको बताएका छन् ।

    विराटनगरमा बुधबार आयोजित आमसभामा नेता लिङ्देनले देशमा अहिले पनि चुनाव घोषणा भएपछि नेताहरु भोजभतेरको आयोजना गर्ने अवस्था रहेको बताएका हुन् ।



    उनले अझै पनि चुनावमा मासु र भात खुवाउने पार्टी सबैभन्दा ठूलो पार्टी भन्ने संस्कृति रहेको भन्दै यस्तो प्रवृत्ति हटाउनुपर्ने बताए ।



    ‘हाम्रै मान्छेहरुले अरु पार्टीले त मासु र भात खुवाउन थाल्यो । अब तिमीले पनि केही गर्नुपर्छ, होइन भने त मान्छे सबै उतैतिर लाग्छन् भन्ने गरेका छन्,’ उनले भने, ‘अहिलेसम्म नेपालीले दुःख पाउनुको मूल कारण मासु र भात खाएर भोट दिनु नै हो ।’

    अघिल्ला चुनावहरुमा ठीक पार्टी र ठीक व्यक्तिलाई भोट नदिएकाले अहिलेसम्म नेपालीले दुःख पाएको लिङ्देनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार