Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापा भन्छन्-स्थानीय तह चुनावमा एमालेसँंग सहकार्य हुन सक्छ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन् । सोमवार मन्थलीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

अहिलेको परिस्थितिमा राप्रपा नेपाल एक्लै चुनावमा जाँदा सोचेजति परिणाम ल्याउन नसक्ने अवस्था भएकाले एमालेसँग मिलेर जाने आन्तरिक तयारी पार्टीले गरिरहेको उनले बताए ।

आफूलाई क्रान्तिकारी भन्ने पार्टीहरूको अविवेकीपूर्ण कामले देश तहसनहस भएको उनको दाबी छ । गएको १५ वर्षको बीचमा राप्रपा नेपालबाट पनि कमजोरी भएको स्वीकार्दै अध्यक्ष थापाले नेतृत्वमा आफू रहेकाले माफी दिन जनतासँग आग्रह गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका झन्डै ३० जना राप्रपा नेपालमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077