Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

झापामा राप्रपा अध्यक्ष लिङ्देनको शक्ति प्रदर्शन

काठमाडौं । राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक हेबिवेट नेताहरुको गृहजिल्ला झापामा आइतबार राप्रपाले गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो ।

एमाले अध्यक्ष केपी ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौलासहित नेताको गृहजिल्ला रहेको झापामा शक्ति प्रदर्शन गरेर लिङ्देनले आफ्नो दमदार उपस्थिति देखाएको स्थानीयले बताए ।

२०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र ३ मा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देनले आइतबार शक्ति प्रदर्शन गरेर प्रतिस्पर्धी दलहरुलाई ठूलो चुनौती दिएका छन् ।

गत स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको कचनकवलको बनियानीमा आइतबार राप्रपाले विशाल आमसभा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077