Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी दोस्रो संशोधन मापदण्ड–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको बैठकले अरुण ३ जलविद्युत परियोजनाका लागि चाहिने जग्गाको छुट मुआब्जा वितरण गर्ने निर्णय समेत गरेको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार जानकारी दिएअनुसार बैठकले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालका सहभागिताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय बैठक गरेको छ ।

यसैगरी नेपाल–कम्बोडिया प्रथम बैंक भर्चुअल माध्यमबाट गर्न स्वीकृत प्रदान गर्ने निर्णय भएको कार्कीले बताए ।

यस्तै उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि स्वीकृत पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077