Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता, निर्वाचनबारे छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर राणाबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्री ओली र मेयर राणाबीच नेपालगन्जमा बिहीबार बेलुका भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताएको छ ।

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटलाई अर्थपूर्ण हेरिएको छ ।

भेटका क्रममा स्थानीय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077