Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र लिङ्देन भन्छन्-'ठूला दलबाट देश बन्छ भन्नु साँढेको टाङ मुनी बाल्टी थाप्नु जस्तै हो'

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको बताएका छन् ।

स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले तनहुँको दमौलीस्थित खुल्ला मैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

लिङ्देनले भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि दूध दिँदैन । ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु हो त्यस्तै हो ।’

उनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भएमा देश बन्छ भनेर प्रश्न समेत गरे । उनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077