Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा नेपालको चुनाव चिन्ह 'तीर'

काठमाडौं । निर्वाचन आयोगले राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’ प्रदान गरेको छ । स्थानीय तह निर्वाचनका लागि राप्रपा नेपालले चुनाव चिन्ह ‘तीर’ पाएको हो ।

बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनका लागि ‘तीर’ चुनाव चिन्ह पाएको जानकारी दिएका छन् । राप्रपा नेपालले चुनाव चिन्ह गाई माग्दै आएको थियो ।

तर, आयोगले राष्ट्रिय जनावर उल्लेखित चिन्ह नदिने निर्णय गरेकाले ‘तीर’ चिन्ह मागिएको राप्रपा नेपालले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि १७ नम्बरमा दल दर्ता रहेको राप्रपा नेपालले केही दिनअघि आयोगसँग ‘तीर’ चुनाव चिन्ह मागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077