Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदीमा मृत्युदण्ड सुनाइएका दुई नेपालीलाई आममाफी दिन नेपालको आग्रह

काठमाडौं । नेपाल सरकारले साउदी अरेबियाको अदालतले मृत्युदण्डको सजाय सुनाएका दुई नेपालीको जीवन रक्षा (आममाफी)गरिदिन आग्रह गरेको छ।

दुई दिने नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री फैजल बिन फरहान बिन साउदसँगको भेटमा मंगलबार परराष्ट्रमन्त्री नारायण खड्काले उनीहरूलाई आममाफी दिएर जीवनरक्षा गरिदिन आग्रह गरेका हुन् ।

वैदेशिक रोजगारीका लागि साउदी पुगेका सन्तबहादुर पुन र विवेक दाहाललाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

यस्तै, आजको भेटवार्तामा दुई मन्त्रीले सहयोग अभिवृद्धि गर्नेसम्बन्धी ‘जेनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर समेत गरेका छन् । यसैगरी मन्त्री साउदले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

उच्चस्तरीय भेटहरुमा नेपाल–साउदी अरेबिया द्विपक्षीय सहकार्यका विविध पक्षबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077