Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तरीमा भीषण आगलागी, १३ घर जलेर नष्ट

सप्तरी । सप्तरीमा भीषण आगलागी हुँदा १३ घर जलेर नष्ट भएको छ ।

अग्निसाईर कृष्णासवरण गाउपालिका वडा नम्वर ५ स्थित टेंग्री टोलमा भीषण आगलागी भएको हो । आगलागीबाट १३ परिवारको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय दिनेश यादवको घरबाट अचानक सल्केको आगो दिनेश सहित छिमेकिहरु श्याम यादव, डम्बर नारायण यादव,फुलदेव यादव ,भोला यादव,मनोज कुमार यादव ,महेश प्रसाद यादव, वृज नारायण यादव, सत्य नारायण यादव, अमरेन्द्र यादव लगायत १३ परिवारको घर जलेर झण्डै २५ लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मध्यरातमा भएको आगलागी राजविजराजस्थित प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकाबाट गएको बारुण यन्त्रले बिहान ५ बजेतिर नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077