Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीलाई सार्वभौमिकतासँग जोड्नु हुँदैन: मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गर्दैमा अमेरिकी प्राधिकार नेपालमा लागू नहुने दावी गरेकी छन् ।

मंगलबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो दावी गरेकी हुन्।

अरु पनि धेरै देशहरुले एमसीसी सम्झौता स्वीकार गरेको भन्दै मन्त्री झाँक्रीले ती देशहरुले कुरा नबुझेको हो त ? भन्दै प्रश्न तेर्स्याइन्।

विश्वका आधा दुनिँयामा एमसीसी लागू हुँदा नेपालमा भने सार्वभौमिकताको कुरा उठाएर जनता भड्काउन खोजेको उनको आरोप छ।

सरकारले स्वीकार गरेर ल्याएको एमसीसी सहायता भएको दाबी गर्दै मन्त्री झाँक्रीले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्क समेत दोहोर्‍याइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077