Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्याख्यात्मक घोषणा एमसीसीको अंग होइन : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ेअमेरिकी सहयोग परियोजना मिलेनियम च्याल्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने क्रममा सँगसँगै पारित गरिएको व्याख्यात्मक घोषणा सम्झौताको अंग नरहेको निष्कर्ष निकालेको छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सो निष्कर्ष निकालेको हो । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक फागुन हिजो र आज बसेको थियो ।

बैठकपछि प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा व्याख्यात्मक घोषणा एमसीसीको कानूनी अंग नभएको राप्रपाको निष्कर्ष रहेको उल्लेख छ । एमसीसी यथास्थितिमा पारित गरिनु हुँदैनथ्यो भन्ने राप्रपाको अडान कायम रहेको विज्ञप्तिमा जनाइएको छ ।

राप्रपाको कार्यसमिति बैठकमा निवर्तमान अध्यक्षहरू पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पनि सहभागी थिए । बैठकले अध्यक्ष राजेन्द्र लिङदेनद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077