Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापाले गरे राप्रपा नेपालमा १६ जना पदाधिकारी मनोनीत (सूचीसहित)

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा १६ जना पदाधिकारी मनोनीत गरेका छन् । अध्यक्ष थापाले पार्टी विधानअनुसार १६ जनालाई केन्द्रीय पदाधिकारीमा मनोनीत गरेका हुन्।

राप्रपा परित्याग गरी लाक्पा तामाङले गठन गरेको राप्रपा नेपालको नेतृत्व सम्हालेका अध्यक्ष थापाले ६ जना उपाध्यक्ष, चार जना महामन्त्री र ६ जना सहायक महामन्त्रीमा १६ जनालाई मनोनयन गरेका हुन् ।

पार्टीका प्रवक्ता सुरेश आचार्यका अनुसार उपाध्यक्षमा राजीब पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्र वीर राय, डा. विष्णु भण्डारी र लाक्पा तामाङ तथा महामन्त्रीमा भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार र राजाराम बर्तौला छन् ।

यसैगरी सहायक महामन्त्री हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिका प्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादवलाई मनोनयन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077