Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु

एजेन्सी । मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएको छ ।

दुर्घटनामा फिलिपिन्स वायुसेनाका चारजना कर्मचारी थिए। तीन जनाको मृत्यु भएको पुष्टि भएको सैनिकले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालकको राजधानी क्षेत्रको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

विज्ञप्तिमा भनिएको छ, 'यो घटना के कारणले भयो भन्ने परिस्थितिको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन," वायुसेनाले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077