Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरानको जंगलमा मानिसको टाउको, शव र खुट्टा छुट्टाछुट्टै झोलाभित्र भेटियो

धरान ।  धरान-भेडेटार सडक खण्डमा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ।

बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार आपगाछी क्षेत्रको उक्त जंगलमा दाउरा खोज्न गएका स्थानीयले बुधबार झोलाभित्र टाउको र खुट्टा भेटेका थिए। पुरुषको जस्तो देखिने टाउको फेला परेपछि बुधबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै खटिएको प्रहरीको टोलीले उक्त स्थान नजिकै अर्को झोलाभित्र शरिर पनि फेला पारेको हो। यद्यपि उक्त शरिर र टाउकोको पहिचान भने खुलेको छैन।

अहिले उक्त स्थानमै पुगेर प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077