Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिप्टोकरेन्सको कारोबारमा संलग्न नहुन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सको कारोबारमा संलग्न नहुन आग्रह गरेको छ ।

राष्ट्र बैंक आज क्रिप्टोकरेन्सी तथा नेटवर्किङ मार्केटिङ सम्बन्धी सर्वसाधारणका लागि जनचेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सामग्री प्रकाशित गर्दै यस्तो आग्रह गरिएको हो ।

कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार र व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई राष्ट्र बैंकले सचेत गराएको छ ।

छोटो अवधिमै उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्किङ मार्केटिङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुने राष्ट्र बैंकले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077