Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीके राउतको राजमार्ग केन्द्रित किसान आन्दोलन स्थगित

जनकपुरधाम । जनमत पार्टीले शुरू गरेको राजमार्ग केन्द्रित किसान आन्दोलन स्थगित गरेको छ ।

मौसम प्रतिकुल भएकाले राजमार्ग बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरिएको जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । किसान आन्दोलन भने जारी रहने बताइएको छ।

राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका, नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्ने जारी विज्ञप्तिमा उल्लेख गरीएको छ ।

मौसममा सुधार भएपछि २०७८ फाल्गुण १ गतेदेखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट तय गरिने पार्टीका महासचिव सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077