Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाह नियुक्त

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

रेडियो नेपालमा कार्यरत शाह अध्यक्षमा नियुक्त भएका हुन् । शाह नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन् ।

यस्तै आजै बसेको मन्त्रिपरिषद्‌को बैठकले अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077