Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोरङको उखुबारीमा भेटिएको दुई वटा शवमध्ये एउटाको पहिचान खुल्यो

विराटनगर । बुधबार र विहिबार लगातार मोरङको धनपालथान–७ मा रहेको उखुबारीबाट निकालिएको दुईमध्ये एउटा शवको पहिचान भएको छ ।

बिहीबार उत्खनन गरी निकालिएको शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कपडासहित करिब ७ मिटर गहिरो खाल्डोबाट निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । श्रेष्ठ भक्तपुरमा बस्दै आएको समेत खुलेको छ ।

त्यसैगरी बुधबार निकालिएको पुरुषको शवको भने पहिचान भएको छैन । प्रहरीले उनको साथबाट एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको छ ।

प्रहरीका अनुसार श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ भने बुधबार निकालिएको शवको घाँटीमा डोरीको डामसहित हातमा पनि डोरीले बाधिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077