Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचन : कोरोना संक्रमितले पनि मतदान गर्न पाउने

काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गर्दै कोरोना संक्रमितले पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा छुट्टै बाकसको व्यवस्था गरी संक्रमितलाई मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले बताए।

स्वास्थ्य सुरक्षासम्बन्धी नियममा मतदान केन्द्रमा स्वास्थ्यको एउटा टिम बस्ने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच हुने, संक्रमित भएर आएका मतदातालाई छुट्टै बक्सामा भोट हाल्ने प्रबन्ध मिलाउनेलगायत विषय उल्लेख भएको सहायक प्रवक्ता धमालले जानकारी दिए।

यही माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ। राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतादाता रहनेछन्। आयोगले सात वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077