Online Nepal
  • बिहिबार, २२ कार्तिक २०८१
  • आज ९९ जना नेपाली कामदार इजरायलका लागि उड्दै

    आज ९९ जना नेपाली कामदार इजरायलका लागि उड्दै

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । वैदेशिक रोजगार अन्तर्गत इजरायलका लागि ९९ जना नेपाली कामदार आज त्यसतर्फ उड्ने भएका छन् । उनीहरु आज राति ११ बजे इजरायलका लागि उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।

    विभागका निर्देशक एवं सूचना अधिकारी कृष्णप्रसाद भूसालका अनुसार आज पहिलो चरणको उडान अन्तर्गत ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायल उड्नेछन् ।



    इजरायल जाने कामदारका लागि यो पहिलो उडान हो । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिक अर्थात् माघ १५ र १६ गतेका दिन दुई उडान हुने पनि भुसालले बताए।



    जसमा दोस्रो चरणअन्तर्गत एक सय ६२ जना इजरायल उड्नेछन् । नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौतापछि विभागले विज्ञापन सुरु गरेको २५ औँ हप्तामा नेपाली कामदारलाई इजरायल पठाउने टुङ्गो लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार