Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेबाट निर्वाचित वडाध्यक्ष लागूऔषध ब्राउन सुगरसहित पक्राउ

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बैजनाथ गाउँपालिकाका वडा नम्बर ३ का वडाअध्यक्ष रामचरण थारुलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित पक्राउ गरेको छ ।

बाँके प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले वडाअध्यक्ष थारुसहित अन्य तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा थारुसहित सुरज थारु, ध्रुव थारु र सुन्दर थारु रहेका छन्। प्रहरीका अनुसार थ्रु आफै लागूऔषध प्रयोगकर्ता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

उनीहरुको साथबाट ३१० मिलिग्राम खैरो हेरोइन समेत बरामद भएको प्रहरीले जनाएको छ । वडाअध्यक्ष थारु सरकारी मोटरसाईकल चढेर बैजनाथ गाउँपालिकाबाट कोहलपुर आएका बेला पक्राउ परेका हुन् ।

वडाध्यक्ष थारु २०७५ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077