Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलद्वारा 'भी पास' वितरण बन्द, स्वागत र बिदाइमा नआउन आग्रह (सूचना)

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिम पुन: बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भिजिटर पास (भी पास) वितरण बन्द गरेको छ ।

विमानस्थल कार्यालयले मंगलबार एक सूचना जारी गर्दै कोरोना संक्रमण रोकथामका लागि भन्दै अति नै जरुरी अवस्थामा बाहेक ‘भी पास’ उपलब्ध नहुने जनाएको छ।

साथै विमानस्थलले विमानस्थलमा स्थान सीमितताका कारण भिडभाडले कोरोनाको जोखिम बढेको भन्दै जरुरी अवस्थामा बाहेक बिदाइ र स्वागतका लागि विमानस्थल नआउन समेत सर्वसाधारणमा अनुरोध गरेको छ ।

यसअघि पनि कार्यालयले स्वागत र बिदाइमा विमानस्थलमा नआउन आह्वान गरिरहेको छ । तर, मानिसहरुको भिडभाड नघटेपछि कार्यालयले फेरि पनि यस्तो आह्वान गरेको हो ।

हेर्नुहोस् सूचना:

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077