Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभामा एमालेको आठ सिट गुम्न सक्ने

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गएको छ। तर पाँच दलीय गठबन्धनबीच भागण्डा मिलाएर उम्मेदवारी दिने सहमति भए पनि यसबीचमा गठबन्धनमा छलफल भएको छैन।

आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदको मतदानका लागि पुस २० गते मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ। राष्ट्रिय सभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धनबीच कसरी जाने भन्ने विषयमा अझै छलफल नभए पनि एमालेको खाली हुने आठ सीटमा भागबन्डा हुने स्रोतले बताएको छ।

स्रोतका अनुसार काँग्रेस र माओवादी, नेकपा एकीकृत समाजवादी पार्टी र जसपा राष्ट्रिय सभाको सिटमा भागबन्डा मिलाउँदा अहिले रिक्त रहेका स्थानमा आ–आफ्नै दाबी कायम हुने छ भने बाँकी रहेको सिटमा भागबन्डा हुने भएको हो।

भागबन्डा गर्दा आ–आफ्नो पार्टीको मतभारलाई हेरेर मिलाउने तयारी गरिएको स्रोतले बतायो। खाली हुने २० सांसदमध्ये १९ सांसदका लागि मात्रै मतदान हुने छ। एक सांसद मनोनित भएकाले सो रिक्त ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिनेछ।

एमालेबाट आठजना, माओवादी केन्द्र र नेकपा (एस) पार्टीबाट चाररचार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसदको आगामी फागुन २१ गतेसम्म पद रहने छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077