काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित सडक छेउमा एक युवकको शव फेला परेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार चन्द्रागिरिबाट चित्लाङतर्फ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको हो ।
घटनाबारे बुझ्न अहिले परिसरका एसपी दिनेशराज मैनालीको टोली र अपराध महाशाखाको टोली घटनास्थलतर्फ लागेको बताइएको छ।
शवको फरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको प्रहरीले जनाएको छ।