Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रज्ञा भवनबाट बाहिरिँदै प्रचण्डले भने- लोकतान्त्रिक पद्धतिबाटै नेतृत्व चयन हुन्छ

    प्रज्ञा भवनबाट बाहिरिँदै प्रचण्डले भने- लोकतान्त्रिक पद्धतिबाटै नेतृत्व चयन हुन्छ

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक तरिकाबाटै नेतृत्व चयन हुने बताएका छन् ।

    आठौं महाधिवेशनअन्तर्गतको चौथो दिनको बन्दसत्रपछि बुधबार प्रज्ञा भवनबाट बाहिरिँने क्रममा अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।



    बन्दसत्रमा आज बुधबार ११ समूहका टोली नेताले छलफलको निष्कर्ष सुनाएका थिए । सोमबार अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान परिमार्जन प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो ।



    बिहीबारको बन्दसत्रमा बाँकी १४ समूहका प्रमुखहरुले निष्कर्ष सुनाउने र त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची रहेको माओवादीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार