Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रज्ञा भवनबाट बाहिरिँदै प्रचण्डले भने- लोकतान्त्रिक पद्धतिबाटै नेतृत्व चयन हुन्छ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लोकतान्त्रिक तरिकाबाटै नेतृत्व चयन हुने बताएका छन् ।

आठौं महाधिवेशनअन्तर्गतको चौथो दिनको बन्दसत्रपछि बुधबार प्रज्ञा भवनबाट बाहिरिँने क्रममा अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

बन्दसत्रमा आज बुधबार ११ समूहका टोली नेताले छलफलको निष्कर्ष सुनाएका थिए । सोमबार अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले पेस गरेको विधान परिमार्जन प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो ।

बिहीबारको बन्दसत्रमा बाँकी १४ समूहका प्रमुखहरुले निष्कर्ष सुनाउने र त्यसपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची रहेको माओवादीले जनाएको छ ।

[insert page='106368' display='yopanipadhnuhos.php']

[insert page='106344' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077