Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी महाधिवेशन: बन्दसत्रको दोस्रो दिन आज के-के भयो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमाथि छलफल भएको छ।

यसअघि बन्द सत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गरेका थिए ।

बन्दसत्रको दोस्रो दिन आज प्रचण्डले प्रस्तुत गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको दस्ताबेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि दिनभर समूहगत छलफल भएको बताइएको छ।

समूहगत छलफलका लागि सोमबार २५ वटा समूह गठन गरिएको थियो । अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् ।

बाँकी समूहले बुधबार अपराह्न १२ बजेभित्र छलफल सक्ने बताइएको छ । समूहगत छलफलका लागि मंगलबार दिनभर समय दिइएकोमा बुधबार अपराह्न १२ बजेसम्मको समय थप गरिएको हो ।

बुधबार अपराह्न १ बजेबाट महाधिवेशन स्थल प्रज्ञाभवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । महाधिवेशन आगामी बिहीबारसम्म चल्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077