Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी महाधिवेशन: अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

    माओवादी महाधिवेशन: अध्यक्ष प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

    कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन बाचन गरिरहेका हुन्।



    प्रचण्डको प्रतिवेदनपछि  नेता देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।



    जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । आइतबारबाट सुरु भएको सो महाधिवेशन आगामी बिहिबारसम्म चल्नेछ ।

    माओवादीले यस महाधिवेशनलाई विचारको महाधिवेशन समेत भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार