Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीलाई नै बलात्कार गरेको आरोपमा अधिकृत पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पाको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा रहेका छन् । थापालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले पक्राउ गरेको हो।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार सशस्त्र प्रहरी बल नेपालकी जवान एक महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

विवाह गर्ने भनेर ती महिलासँग थापाले शारीरिक सम्पर्क गर्ने गरेको र पछि विवाह गर्न नमानेपछि ती महिला प्रहरीले बलात्कारको उजुरी हालेको प्रहरी स्रोतको दाबी छ।

उनीमाथि बलात्कार गरेको कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077