Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बंगलादेशमा यात्रुवाहक डुङ्गामा आगलागी, ३० जनाको मृत्यु

काठमाडौँ । बंगलादेशको झलकोटी जिल्लास्थित सुगन्धा नदीमा यात्रु बोकेको डुंगामा आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

बरिसालका डिभिजनल कमिश्नर सैफुल हसनले बीबीसी बंगलालाई घटनाको पुष्टि गरेका छन् । उनका अनुसार मृतकको संख्या अझै बढ्न सक्छ ।

‘एमभी अभियान’ नामको यो डुङ्गा राति ढाकाबाट बरगुना जान लागेको सैफुल हसनले बताए । झलकोटी जिल्ला पुग्ने क्रममा सुगन्धा नदीमा रहेको डुंगाको इन्जिनमा बिहान आगलागी भएको थियो ।

घाइतेहरुलाई बारिशाल सदर अस्पताल र स्थानीय अस्पतालमा भर्ना गरिएको र उद्धार कार्य जारी रहेको छ । डुङ्गामा कसरी आगलागी भयो भन्ने बारे अधिकारीहरूले अहिलेसम्म कुनै जानकारी दिएका छैनन्।

झलकोटीका एक स्थानीय पत्रकारका अन्नुसर बिहान ३ः३० बजे डुंगामा आगलागी भएको हो । धेरै यात्रुले ज्यान जोगाउन नदीमा हाम फालेका छन् ।

डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको पनि बताइएको छ । इन्जिन रुमबाट आगलागी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077