Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा हो-हल्लाबीच कानुन पारित गरिनु लोकतन्त्र विपरित: भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले जनसरोकारको विषयमा सांसदहरुले बोल्न नपाउने तर सरकारले चाहे अनुसार कानुन पारित गर्न दिइरहेको भन्दै कडा आलोचना गरेका छन्। रावल नेतृत्वको दल नेकपा एमालेले लामो समयदेखि संसद अवरुद्ध गरिरहेको छ। तर, नाराबाजीकाबीच सरकारले विभिन्न कानुनहरु पनि पास गर्दै आएको छ, यही बिषयमा लक्षित गरेर रावलले यस्तो आलोचना गरेको बुझिन्छ। यस्तै, नेता रावलले होहल्लाको बीचमा सरकारले चाहे अनुसार कानुन र महत्वपूर्ण विषय खुरूखुरू पारित गर्नदिने नीति र कार्यदेश, जनता र लोकतन्त्रको विरूद्धमा हुने उल्लेख गरेका छन् । यस्तो क्रियाकलापले देश कमजोर हुँदै जाने रावलको भनाइ छ । सामाजिक संजाल ट्वीटरमा रावलले लेखेका छन् 'संसदमा राष्ट्रियता, जनसरोकार, अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र छलफल गर्न नपाउने तर महत्वपूर्ण विषय र कानून होहल्लाको बीचमा सरकारले चाहे अनुसार खुरूखुरू पारित गर्नदिने नीति र कार्य देश, जनता र लोकतन्त्रको विरूद्धमा हुन्छ। यस्ता क्रियाकलापले देश कमजोर हुँदै जान्छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077