Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

रौतहट । रौतहटमा आगलागीमा परेर दुई बालबालिकाको ज्यान गएको छ ।

फतुवा विजयपुर नगरपालिका १ बरगनियाका खेदु यादवका ३ वर्षीय छोरी आराध्या यादव र सन्दीप साहका ५ वर्षीया छोरा रोहित साहको आगोमा जलेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो स्थानीय मद यादवको घरबामा अचानक लागेको आगलागीमा परेर बालिका आराध्याको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, बालक रोहितको उपचारको क्रममा आज (बुधबार) बिहान टिचिङ्ग अस्पताल काठमाडौमा मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयरका प्रहरी निरीक्षक बिष्णु विश्वकर्माले जानकारी दिए ।

मदन यादवको खरको छानो भएको घरमा लागेको आगोबाट नजिकै खेतबाट काटेर दौनीको लागि राखिएको रामविश्वास यादवको धानमा आलागी भएको थियो । सोही क्रममा खेलिरहेका बालक जलेर गम्भीर घाइते भएका थिए ।

मदन यादवको घरको सम्पूर्ण धनमाल लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077