Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नै पार्टीमाथि खनिए रावल, संसद अवरूद्ध गरेर एमसीसी अनुमोदन गर्न खोजेको आरोप

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले गरिरहेको संसद अवरोधको औचित्यमाथि प्रश्न उठाएका छन् ।

रावलले निरन्तरको अवरोध गर्नुका पछाडि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने खेल हुन सक्ने समेत आशंका गरेका छन्।

रावलले समाजिक संजाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नै पार्टीमाथि आशंका गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्–‘सरकारका कामकारबाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अ‍ौचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।’

एमालेले भने पार्टीबाट विभाजित भएर गएका माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी अवैध रहेको र सभामुख त्यसको सहयोगी भएको भन्दै निरन्तर संसद अवरोध गरिरहेको छ।

https://twitter.com/BhimRawal179/status/1471118552010661895?ref_src=twsrc%5Etfw

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077