Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विदेशी शक्तिको प्रयोग गरेर संविधान निमोठ्न र सत्ता गठबन्धन फुटाउन खोजिएको छ : महरा

    विदेशी शक्तिको प्रयोग गरेर संविधान निमोठ्न र सत्ता गठबन्धन फुटाउन खोजिएको छ : महरा

    अनलाइन नेपाल
  • शनिबार, १८ मंसिर २०७८
  • 918
    SHARES

    नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले संविधानलाई कुल्चिएर जानेहरूले विदेशी शक्तिको प्रयोग गरेर संविधान निमोठ्न र सत्ता गठबन्धन फुटाउन खोजेको आरोप लगाएका छन् ।

    प्रतिनिधि सभाका पूर्वसभामुख समेत रहेका महराले अहिले नेपालका राजनीतिक दलहरू दुई ध्रुवमा विभाजित भएको बताए।



    माओवादी केन्द्र सिद्धार्थनगरको दोस्रो नगर अधिवेशनलाई भैरहवामा उद्घाटन गर्दै महराले राजनीतिक दलहरु दुई ध्रुवमा भिभाजित भएको बेला विदेशी शक्तिहरू अहिलेको सरकारमा रहेका दलहरूको गठबन्धनलाई फुटाउन लागिपरेको दाबी गरेका हुन् ।



    विदेशी शक्तिले गठबन्धन फुटाउन खोजे पनि सफल नहुने बताउँदै उनले सत्ता गठबन्धनबाट धेरै कुरा प्राप्त हुन्छ भन्ने अपेक्षा गर्न नसकिए पनि संविधानलाई सही ट्रयाकमा ल्याउन बनेको गठबन्धनलाई टिकाइ राख्नुपर्ने बताए।

    उनले भने–‘एउटा समूह संविधानले प्रदान गरेका उपलब्धिहरू जोगाउने पक्षमा लागेको छ भने अर्को ध्रुव राजतन्त्र ल्याउने र संविधानले प्रदान गरेका उपलब्धिलाई उल्टाउने अभियानमा लागेको छ ।’
    कार्यक्रममा बोल्दै माओवादीबाट फुटेर गएका बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरूसँग सहकार्य र एकताको लागि छलफल भइरहेको उनले बताए।

    उनले माओवादी केन्द्रमा ८ लाख पार्टी सदस्य रहेको दाबी गर्दै तिनै सदस्यहरूको जगमा उभिएर देशभरका पालिकामा पार्टीले अधिवेशन गरिरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार