Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुट्ने दुई जना सीआईबीको फन्दामा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सहकारीका सुरक्षा गार्डको हत्या गरी रकम लुट्ने दुई जनालाई एक महिनापछि पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका १, जुगुका विक्रम कार्की र सोही स्थानका सुमन कार्की रहेको सीआईबीले जानकरी दिएको छ। उनीहरुलाई सीआईबीको टोलीले घटना भएको करिब एक महिनापछि काठमाडौँबाट पक्राउ गर्न सफल भएको हो।

उनीहरुको साथबाट मृतकको १ थान मोबाइल र सहकारीबाट लुटिएको रकममध्ये १ लाख ३८ हजार २ सय ६५ रुपैयाँ समेत बरामद गरेको सीआईबीले जनाएको छ।

सीआईबीका अनुसार गत कार्तिक १० गते दोलखाको गौरीशंकर गाउँपालिका जुगुमा रहेको हिमचुली बहुउद्देस्यीय सहकारी संस्थाका सुरक्षा गार्ड पूर्णबहादुर खड्काको हत्या गरी उनीहरुले सहकारीबाट १ लाख ८५ हजार लुटेर फरार रहेका थिए ।

कार्कीद्वयले खड्कालाई डोरीले पछाडी हात बाँधेर विभत्स रूपमा हत्या गरेको सीआईबीले जानकारी दिएको छ । उनीहरू दुवै जनालाई सीआईबीले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाउने तयारी गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077