Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बैतडी जिप दुर्घटना : मृतक पाँचसहित सातै जनाको सनाखत

    बैतडी जिप दुर्घटना : मृतक पाँचसहित सातै जनाको सनाखत

    अनलाइन नेपाल
  • आइतबार, ५ मंसिर २०७८
  • 1.3K
    SHARES

    फाइल : तस्बिर

    बैतडी । बैतडीमा जन्ती बोकेर फर्किदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार राति ८ बजे तिर दशरथचन्द राजमार्गको गोठलापानी—झुलाघाट सकड खण्डको कलुवाडमोडमा जिप दुर्घटना भएको हो ।

    दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । दशरथचन्द नगरपालिका—२ को थलालगाउबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका—६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बर जिप दुर्घटनामा परेको हो। उनका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।



    मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द ,६५ वर्षका तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् ।



    घाइते हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका हर्कबहादुर चन्द र जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली रहका छन् । उनीहरुलाई उपचारको लागि डडेलधुरा रिफर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार