Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेहुली लिएर फर्केको जिप सडकबाट ५०० मिटर तल खस्दा ५ जनाको मृत्यु, २ गम्भीर घाइते

बैतडी । बैतडीमा जन्ती लिएर फर्कदै गरेको जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सेरातर्फ जाँदै गरेको से१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिप आइतबार राती साढे आठ बजेतिर दुर्घटनामा परेको हो ।

जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ । जिल्ला प्रहरीलाई आएको जानकारी अनुसार जिपमा ७ जना सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077