Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुगुको गमगढी बजारमा भीषण आगलागी, १७ घर र ३ पसल जलेर नष्ट

काठमाडौं । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । सोमबार राति साढे १२ बाट शुरु भएको आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ। स्थानीय खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी भएको हो। सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिइएको छ।

सो आगलागीमा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। कति धनमाल जलेर नष्ट भयो भन्ने यकिन भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077