Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सल्यानबाट दाङ आउँदै गरेको जीप दुर्घटना: एकको मृत्यु, १६ घाइते

बुटवल । सल्यानको कालीमाटीबाट दाङको बबइ गाउँपालिकातर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यानको कालीमाटी गाउँपालिका-३ का अन्दाजी ४० वर्षीय देबबहादुर सुनार रहेका छन् । अन्य १६ यात्रु घाइते भएका छन् ।

मृतक सुनार जिपका मालिक हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते तीन जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077