Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इराकका प्रधानमन्त्रीको हत्या गर्ने प्रयास, निवासमा ड्रोन हमला

एजेन्सी । इराकका प्रधानमन्त्री मुस्तफा अल कदीमीको हत्या गर्ने प्रयास भएको छ। उनको आधिकारिक निवासमा आइतबार बिहान विस्फोट पदार्थसहितको ड्रोन हमला गरिएको बीबीसीले जनाएको छ।

समाचार एजेन्सी रोयटर्सले पनि प्रधानमन्त्रीको निवासलाई लक्षित गरि हमला गरिएको जानकारी दिएको छ। इराकी सेनाले प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यसहित हमला गरिएको तर उनी सुरक्षित रहेको जानकारी दिएको छ।

सेनाले विज्ञप्तिमार्फतथ त्यहाँको अवस्थाबारे जानकारी दिँदै हमला इराकको राजधानी बगदादको ग्रीन जोन क्षेत्रमा भएको उल्लेख गरेको छ। प्रधानमन्त्रीको निवासमा कम्तीमा एउटा विस्फोट भएको सरकारी अधिकारीले जनाएका छन्।

प्रधानमन्त्री अल कदीमीले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफूलाई सुरक्षित बताउँदै शान्ति कायम राख्न अपिल गरेका छन्। हालसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077