Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तिहारमा लोडसेडिङ नहुने कुलमानको घोषणा

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको समयमा ‘लोड’ व्यवस्थापनमा कुनै समस्या नहुने बताएका छन्। ।

मंगलबार नेपाल विद्युत् प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले दशैं, तिहार र छठसम्म विद्युतको माग उच्च हुने भए पनि अहिले उक्त समस्या नहुने बताएका छन्।

'तिहारमा लोडसेडिङ अथवा बत्ती काट्नु पर्ने अवस्था आउँदैन, घिसिङ्ले भने, 'जति उपकरण चलाए पनि समस्या हुँदैन । तिहारमा मज्जाले झिलिमिली बनाए हुन्छ।

यो वर्ष भदौमा १,६२० मेगावाटसम्म विद्युत् माग भएको र तिहारमा अधिकतम १,५०० मेगावाट मात्रै माग हुने अनुमान रहेको पनि उनले बताएका छन् ।

यो वर्ष अहिलेसम्म कुलेखाली चलाउनु नपरेको अवस्थामा पनि दिउँसो करिब २०० र राति करिब ५०० मेगावाट सरप्लस रहेको उनले बताए । ‘

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077