Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश १: राजेन्द्र राईले मुख्यमन्त्रीको शपथ लिँदै, सानो आकारको मन्त्रिपरिषद् विस्तार गरिने

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राई प्रदेश नं एकको मुख्यमन्त्री बन्ने भएका छन् ।

राईले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमेतका ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा सोमबार दाबी पेश गरेका थिए।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै बसेको बिपक्षी गठबन्धनको बैठकले राईलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको हो। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज १ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।

प्रदेश प्रमुखले मंगलवार नै राईलाई मुख्यमन्त्रीमा सपथग्रहण गराउने भएका छन् । सपथसँगै उनले सानो आकारको मन्त्रीपरिषद् बनाउने घोषणा गरेका छन् ।

मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तर्फबाट एकएक जना गरी पाँच सदस्यीय मन्त्रिपरिषद् गठन तयारी रहेको स्रोतको भनाइ छ।

९२ सदस्यीयमा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077