Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'कामचोर' चिनियाँ ठेकेदारलाई कारवाही गर्ने कुलमान घिसिङको चेतावनी , पटक–पटक म्याद थप गर्दा पनि काम उस्तै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण गरिरहेको २२० केभी सवस्टेशन निर्माणमा पनि ठेकेदारको भूमिका कमजोर देखिएपछि कारवाही गर्ने भएको छ ।

पटक–पटक म्याद थप गर्दासमेत काम नभएपछि प्राधिकरणले आपत्ति जनाउँदै तोकिएको समयमा काम नभए कारबाहीमा जानुपर्ने चेतावनी दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सवस्टेशन निर्माणस्थलको निरीक्षण गरी आगामी चार महिनाभित्र काममा सुधार नभए ठेक्का तोड्ने चेतावनी दिएको छ ।

सवस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी ग्वाङसी ट्रान्समिसन एण्ड सवस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार्न चार महिनाको अल्टिमेटम दिएको छ ।

खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको बिजुली काठमाडौँ उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौँ उच्च क्षमताको प्रसारण लाइन र सवस्टेसन निर्माण सुरु गरिएको हो ।

एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सवस्टेशनको निर्माण भइरहेको छ ।  दुई वर्षअघिको भन्दा निर्माणस्थलमा गर्नुपर्ने कामको प्रगति खासै नदेखिएपछि ठेक्का तोड्नुको विकल्प नभएको प्राधिकरणले जनाएको छ। अब चार महिना हेर्ने र त्यसपछि पनि सुधार भएन भने ठेक्का सम्झौताअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्ने भन्दै निर्माण कम्पनीका प्रतिनिधिलाई कार्यकारी निर्देशक घिसिङले चेतावनी दिएका हुन।

कम्पनीले सवस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायत उपकरण ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सवस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभीका पावर ट्रान्सफर्मर रहने छन् ।

भारतीय कम्पनी लार्सन एण्ड टर्वो (एलएण्डटी) ले ठेक्का पाएको यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ । लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डको निर्माण ठेक्का पनि एलएण्डटीले नै पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077