Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्याक्टर चढेर ढुङ्गा लिन नदी गएका २५ वर्षीय युवकको शव धान खेतमा भेटियो

सिरहा  । सिरहाको सुखिपुर नगरापालिका ४ दहिपौडीस्थित धानखेतमा एक युवकको शव फेला परेको छ ।

दैहिपौडीको नहरदेखि दक्षिणमा पर्ने धानखेतमा औरही गाँउपालिका वडा नम्वर ४ नवटोलीका २५ वर्षीय सचिनकुमार यादवको शव फेला परेको हो ।

बिहान खेत गएका किसानले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल पुगेर प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि सिरहा अस्पताल पठाएको छ । मृत फेला परेका युवकको पेटमा चोट देखिएको सिरहा प्रहरीका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मृतक ट्याक्टरमा मजदुरी गर्थे । उनी आइतबार ढुङ्गा लिन ट्याक्टरमै नदी गएका थिए । उनको हत्या भएको हुनसक्ने प्रहरीले शंका गरेको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077