Online Nepal
  • बिहिबार, ७ चैत्र २०८१
  • ट्याक्टर चढेर ढुङ्गा लिन नदी गएका २५ वर्षीय युवकको शव धान खेतमा भेटियो

    ट्याक्टर चढेर ढुङ्गा लिन नदी गएका २५ वर्षीय युवकको शव धान खेतमा भेटियो

    अनलाइन नेपाल
  • सोमबार, १५ कार्तिक २०७८
  • 2.1K
    SHARES

    सिरहा  । सिरहाको सुखिपुर नगरापालिका ४ दहिपौडीस्थित धानखेतमा एक युवकको शव फेला परेको छ ।

    दैहिपौडीको नहरदेखि दक्षिणमा पर्ने धानखेतमा औरही गाँउपालिका वडा नम्वर ४ नवटोलीका २५ वर्षीय सचिनकुमार यादवको शव फेला परेको हो ।



    बिहान खेत गएका किसानले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनास्थल पुगेर प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि सिरहा अस्पताल पठाएको छ । मृत फेला परेका युवकको पेटमा चोट देखिएको सिरहा प्रहरीका प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

    उनका अनुसार मृतक ट्याक्टरमा मजदुरी गर्थे । उनी आइतबार ढुङ्गा लिन ट्याक्टरमै नदी गएका थिए । उनको हत्या भएको हुनसक्ने प्रहरीले शंका गरेको छ ।

    प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार