Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकमा गुडिरहेका दुई सवारीसाधन आपसमा ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी । बोलिभियाको लापाजमा सावरी दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ ।

सडकमा गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा यो दुर्घटनामा भएको बताइएको छ ।

बोलिभियाको लापाजनजिकैको हाउनी नगरको सडकमा सो दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परी ज्यान जानेमा यहाँको खानीमा काम गर्ने मजदुरका तीन जना नेता पनि परेका छन् ।

मजदुरसम्बन्धी कार्यक्रममा पुगेर फर्किने क्रममा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले दुई सवारी साधन एक आपसमा ठोक्किन पुग्दा सो दुर्घटना भएको बताएको छ । यसक्रममा अरु दुई जना नराम्ररी घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077