Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोरखामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

गोरखा । गोरखामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यस भएको छ। जिल्लाको आरुघाट गाउँपालिका–१ माझगाउँमा बुधवार राति साढे ११ बजे मिनी ट्रक दुर्घटना भएको हो।

मृत्यु हुनेमा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठ रहेका छन्। दुर्घटनामा २ जना घाइते भएका छन्।

घाइते आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

राजकुमारको अवस्था सामान्य रहे पनि दिव्याको अवस्था चिन्ताजनक रहेको बताइएको छ।

आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा५ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077