Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगलागीमा परी एकै परिवारका सात जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात व्यक्तिको मृत्यु भएको छ ।

पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात व्यक्तिको मृत्यु भएको हो ।

सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारणले उनीहरू भाग्न पनि नपाएका जनाइएको छ । आगलागीमा परी ज्यान गुमाएकाहरूमा चार बालबालिका दुई महिला रहेका छन् । ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077